आइतबार, ०७ मंसिर २०८२

पत्रकार दिपेन्द्र खनिया मृत भेटिए


काठमाडौं । पत्रकार दिपेन्द्र खनिया मृत फेला परेका छन् । उनी  रेडियो अडियोका संस्थापक हुन् ।

बानेश्वरस्थित निवासमै उनकाे शव भेटिएकाे थियाे

खनिया रेडियो पत्रकारितामा स्थापित व्यक्ति हुन् ।  कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो सञ्चालन गरेका थिए ।

उनको मृत्युको अन्य कारण अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार दिउँसो आफ्नै घरको भर्‍याङको रेलिङमा पासो लागेको अवस्थामा उनको शव फेला परेको हो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ