- असार ०७, २०८०
काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा कारण कारण देखाऊ आदेशसहित प्रसाईंलाई अदालतमा उपस्थित गराउन भनेकाे हाे।
प्रसाईंलाई
सार्वजनिक शान्तिमा खलल पुर्याउने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले प्रसाईंलाई गत साेमबार मध्यराति भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि प्रसाईंका छोरा निराजन आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च मा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।
प्रसाईं अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन्। प्रहरीले उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।
टिप्पणीहरू: