- असार ०६, २०८०
काठमाडाैं । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई थुनामा राख्न सर्वोच्चले आदेश दिएको पत्र सर्वोच्च अदालतको कुनै ढड्डामा नभेटिएको बताइएको छ।
सर्वोच्च अदालतका विभिन्न शाखाहरूमा पत्रको खोजी गर्दा कतै नभेटिएपछि अहिले सर्वोच्चका कर्मचारीहरूको बैठक बसिरहेका छन् ।
रेशमलाई दिएको आममाफीको बदर गर्ने निर्णयबारेको पत्र मुद्दा शाखाका अधिकृत महिमान सिंह बिष्टले आफैँले हस्ताक्षर गरेर पत्र पठाएको प्रहरी स्रोतको भनाइ छ । यदि ढड्डामा पत्र नभेटिए रेशम आज नै छुट्न सक्ने देखिन्छ ।
याे पनि
रेशम चौधरीलाई डिल्लीबजार कारागारमा बुझाइयो
चौधरी पक्राउ परेको सर्वोच्च अदालत नै तरंगित हुने अवस्था बनेको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलजीवन बिताइरहेका चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले २०८० को गणतन्त्र दिवसका अवसरमा बाँकी कैद कट्टा गरी माफी दिएपछि थुनामुक्त भएका थिए ।
बुधबार बिहान प्रज्ञाभवन कमलादीबाट पक्राउ परेका थिए ।
याे पनि
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने
टिप्पणीहरू: