- असार ०६, २०८०
काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी (नााउपा)की अध्यक्ष रन्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरी छिट्टै छुट्ने बताएकी छन् ।
अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेख्दै पार्टीका संरक्षक चौधरी छिट्टै छुट्ने भन्दै विश्वस्त रहन आग्रह गरेकी हुन् ।
‘रेशमजी छिट्टै छुट्नु हुन्छ सम्पुर्णमा बिस्वस्त रहन आग्रह गर्दछु’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम भन्दै प्रहरीले चौधरीलाई बुधबार कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेकाे थियाे ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा सहभागी हुन प्रज्ञा भवन पुगेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो ।
सोही मुद्दामा लामो समय कारागार बसेका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा भएका थिए ।
टिप्पणीहरू: