मङ्गलबार, ०६ साउन २०८२

प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्षविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा


काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा सत्ताधारी दल निकट पत्रकार संगठनकाे  एक जना पत्रकार मुछिएका छन् ।

एमालेकाे भातृसंस्था  प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री घटनामा मुछिएका हुन् । खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।

रुकुम पूर्व सिस्ने गाउँपालिका-६ खोपिचार घर भएकी २५ वर्षीया कोइली शाही शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

शाहीको परिवारले पत्रकार खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो । खत्रीले शाहीलाई फोन गरेर पटक-पटक मानसिक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी कार्य चलिरहेको बताएका छन् ।

जाहेरी परेपछि पत्रकार खत्री  फरार भएका छन् । द युथ ह्युमन राइटका अध्यक्ष समेत रहेका खत्री इन्सेकमा पनि आबद्ध छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ