- असार ०६, २०८०
काठमाडौं । घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी सुरु भएको छ ।
बालुवाटार स्राेतका अनुसार मन्त्री गुप्तासँग राजीनामा माग्ने र नदिएमा बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।
आफ्नै अध्यक्षतामा सुशासन आयाेग समेत गठन गरेका प्रधानमन्त्री ओली अहिले दवावमा छन् । संसदमा घुस काण्डकै विषयमा कुरा उठिरहेकाे छ भने । सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई प्रश्न गरिरहेका छन् ।
सार्वजनिक भएको अडियो अनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा बिचौलिया र मन्त्री गुप्ता बीच सम्वाद भएको छ । जहाँ भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको सुनिन्छ ।
मन्त्री गुप्ताले भने एआई मार्फत अडियाे बनाएर आफ्नाे चरित्र हत्या गरिएकाे दावी गरेका छन् ।
टिप्पणीहरू: