बिहिबार, ०७ साउन २०८३

शिक्षामन्त्री विरुद्ध प्रदर्शन गर्ने विद्यार्थी पक्राउ


काठमाडाैं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। 

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा बिहीबार विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थीले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन्। 

प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ