बिहिबार, ०७ साउन २०८३

लागुऔषधसहित चार जना पक्राउ


काठमाडौँ ।  काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार गोकर्णेश्वर नगरपालिका–४ का ४५ वर्षीय दीपक श्रेष्ठ र बझाङको खप्तडछान्ना गाउँपालिका–१ का ३५ वर्षीय सागर जेठारालाई पक्राउ गरिएको हो । 

अभियुक्तहरुका  साथबाट १३६ ग्राम खैरो हेरोइन र नगद रु एक लाख बरामद भएको छ । सागरका साथबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल दुई हजार ४९० ट्याब्लेट, टापेन्टाडोल सात हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम एक हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट बरामद भएको छ । 

मोरङको रङ्गेली नगरपालिका–७ बाट खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरु चारै जना बुधबार पक्राउ परेका हुन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ