- असार ०६, २०८०
काठमाडौं । श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि जेठानकाे हत्या गर्ने ज्वाई पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित शेरेफाँटमा सिन्धुली गोलन्जोरका केशवराज हायुको हत्यामा संलग्नलाई खाेजी गर्ने क्रममा ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राईकाे पनि हत्या भएकाे प्रहरीले पत्ता लगाएकाे थियाे ।
दुबै हत्याकाे घटना एकै समुहबाट भएकाे प्रहरीले पत्ता लगाएकाे छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार श्रीमतीलाई जापान पठाउनका लागि लिएको ऋण तिर्न नसक्दा हायुको हत्या भएको थियो । नाताले बहिनी ज्वाइँ देवराज ढुंगेलले हायुको हत्या गरेका थिए । सिन्धुली, सुनकोशी गाउँपालिका-४ का २१ वर्षीय देवराज ढुंगेल हायुका बहिनी ज्वाइँ हुन्। ढुंगेलले गाउँकै साथी २० वर्षीय जयराम अधिकारीसँग मिलेर हायु र राईको हत्या गरेका हुन् । दुबैसँग ढुंगेलले ऋण लिएका थिए ।
ललितपुरको लाकुरीभञ्ज्याङमा राईको शव फेला परेको थियो । हायुको शव भेटिएको शेरेफाँट र लाकुरी भञ्ज्याङ नजिकै पर्छ । अघिल्लो दिन हायुको हत्यामा सफलता मिलेपछि ऋण लिएका जतिलाई मार्नु नै उपयुक्त हुने ठानेर त्यस्तो कार्य गरेको पक्राउ परेका ढुंगेलले प्रहरीलाई बताएका छन् ।
टिप्पणीहरू: