- असार ०७, २०८०
काठमाडौं। स्पेनमा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लगिएकाे घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।
समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवरसहित ६ जना सदस्य रहेका छन्।
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका थिए।
उक्त विषयको छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ।
टिप्पणीहरू: