आइतबार, १७ जेठ २०८३

अमेरिकाबाट नेपाल फर्किएका श्याम मरहठ्ठाको विमानमै मृत्यु


 काठमाडाैं । अमेरिकाबाट नेपाल फर्किएका ७३ वर्षीय श्याम मरहठ्ठाको विमानमै मृत्यु भएको छ। गोरखा घर भएका मरहठ्ठा आइतबार बिहान ६ः३५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको टर्किस एयरलाइन्सको उडानबाट फर्किएका थिए । विमानमा बेहाेस भेटिएका मरहट्टालाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए।

मरहठ्ठा अमेरिकाबाट इस्तानबुल हुँदै काठमाडौं आएका थिए। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रूपमा स्वास्थ्यसम्बन्धी समस्याका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको भए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्र खुल्ने जनाइएको छ। मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

परिवारलाई समेत घटनाबारे जानकारी गराइएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ