- असार ०६, २०८०
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.१२ अंक बढेर बन्द भएकाे छ । आजको वृद्धिपछि नेप्से २५९९ अंकमा कायम भएको छ ।
अघिल्लो दिन ४ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो । आज १०४ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.७७ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ समूहले पनि वृद्धिलाई निरन्तरता दिएको छ । सो समूह ०.६९ प्रतिशत बढेको छ । बैंकिङ ६ महिनाकै उच्चतम विन्दुमा पुगेको छ ।
विकास बैंक ०.०५, लगानी ०.१३ तथा निर्जीवन बीमा ०.५३ प्रतिशत बढे । फाइनान्स ०.३१, होटल तथा पर्यटन ०५८, जलविद्युत् ०.४४, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०९, अन्य ०५२ र व्यापार समूह ०.४० प्रतिशत घटे ।
सगरमाथा जलविद्युत् कम्पनीको मूल्य १२.४४ प्रतिशत बढ्यो । ओरियन्टल होटल्सको ३.७४, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७, भगवती हाइड्रोपावरको ३.१३, घलेम्दी हाइड्रोपावरको ३.१२ प्रतिशत मूल्य बढ्यो ।
स्नो रिभर्सको १५, धौलागिरि लघुवित्तको १२.८७, कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.६५, सिटी होटलको ३.६५ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक तथा सिटी होटल क्रमशः अगाडि रहे ।
टिप्पणीहरू: