- असार ०७, २०८०
काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेमा विद्यार्थी बोकेको बस दुर्घटनामा घाइते भएका थप एक जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल बौद्ध बस्ने १० वर्षीय सनसाइन तामाङ रहेका छन् ।
उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। यससंगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
गत बुधबार नगरकोटमा ‘पिकनिक’ खाएर फर्किने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियाे ।
सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो ।
टिप्पणीहरू: