- असार ०७, २०८०
काठमाडाैँ। न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस भएकाे छ।
नेपालको संविधानको धारा १५३ अनुसार प्रधानमन्त्रीको सिफारिसमा एकजना न्याय परिषद् सदस्य नियुक्त गर्ने प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नाम सिफारिस गरेका हुन्।
यसअघि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल असार ९ गतेबाट सकिँदैछ। रिक्त हुन लागेका उक्त ठाउँमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन्।
नेपालको नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि पठाइने छ। सुनुवाइपछि राष्ट्रपतिले उनलाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नेछन्।
टिप्पणीहरू: