बुधबार, २४ असार २०८३

एसईई पुरक परिक्षाकाे नतिजा सार्वजनिक, ८३ हजार उत्तिर्ण


काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा प्रकाशित गरेको छ।

यस वर्षको पूरक परीक्षाका लागि कुल १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थीहरू योग्य रहेकामा परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना मात्र सहभागी भएका थिए।

बोर्डका अनुसार सहभागी परीक्षार्थीहरूमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् भने परीक्षामा अमर्यादित गतिविधि गर्ने ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।

यसपटकको परीक्षाफल विभिन्न २० वटा आधिकारिक संस्थाका वेबसाइट, आइभीआर र एसएमएस-यूएसएसडी मार्फत सजिलै हेर्न सकिने व्यवस्था मिलाइएको छ।

विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट र नेपाल टेलिकमको सेवा प्रयोग गरी आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको विवरण डाउनलोड गर्न सक्नेछन्।

पूरक परीक्षा उत्तीर्ण भएसँगै अब यी विद्यार्थीहरूलाई यही शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भई आफ्नो अध्ययनलाई निरन्तरता दिने बाटो खुलेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ