- असार ०७, २०८०
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरूकाे विरोधमा उत्रिएका युवाहरूले सडकमा प्रदर्शनी गरेपछि प्रशासनले
बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो ।
बिहीबार पुन: अवस्था तनावग्रस्त बनेपछि आज पनि साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको छ ।
टिप्पणीहरू: