मङ्गलबार, २३ वैशाख २०८२

छात्रालाई यौन दुर्व्यवहार गर्ने विद्यालय सञ्चालक पक्राउ


काठमाडौं । काठमाडौँको शान्तिनगरमा रहेको बेबीलोन स्कुलका सञ्चालकमाथि बाल यौन दुव्र्यवहारको आरोपमा अनुसन्धान सुरु भएको छ ।

मोरङको बेलबारी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरामा बस्दै आएका ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई बानेश्वर वृत्तले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको हो ।

उनले विद्यालयमा अध्ययनरत बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै किटानी जाहेरी परेको छ । सुवेदीले बालिकालाई पटक–पटक यौन दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ ।  सुवेदीले बालिकालाई विद्यालयमै यौन दुव्र्यवहार गरेको र यसअघि नै विद्यालयमा जानकारी गराए पनि सुनुवाइ नभएको पीडितको गुनासो छ ।

व्यवस्थापन पिडकको पक्षमा

छात्राले उजुरी दिए पनि वेवास्ता गर्दै आएको विद्यालय व्यवस्थापनले अहिले पनि पीडितलाई पीडकसंग मिलापत्र गर्न दबाब दिएको पिडक विद्यार्थीको भनाई छ । ‘यस अघि पनि दुव्र्यवहारको बारेमा उजुरी दिएका थिर्यौं तर, कुनै सुनुवाई नै भएन ।’ पीडित परिवारका एक सदस्यले भने ।

केही शिक्षकहरु दुव्र्यवहारको बिरुद्ध उभिएको तर, उनीहरु निकालिएको पीडित छात्राको भनाई छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ