मङ्गलबार, २६ फागुन २०८२

सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै चितवन


काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन्।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ।

सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ। आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने दाउमा छ।

पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने बाध्यता छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ