शनिबार, ०६ मंसिर २०८२

सन्तोष परियारले छोडे रास्वपा


काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेको बताएका छन्। निवर्तमान सांसदसमेत रहेका उनले पार्टी छोडेको जानकारी दिए। 

विघटित प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रमुख सचेतक रहेका समानुपातिकतर्फका सांसद उनले नयाँ अभियान सञ्चालन गर्ने भन्दै रास्वपा छोडेको बताए।  

पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएकाे बताएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ