शनिबार, ०६ वैशाख २०८२

सुमेरु सहकारीमा नाम जोडिएपछि मन्त्रीका स्वकीय सचिवले आत्महत्या गरेको आशंका


काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा निधन भएको छ ।

कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

कलंकी स्थित कोठामा अचेत अवस्थामा भेटिएका थापालाई अस्पताल लगिएको तर, उपचारकै क्रममा मृत्यु भएको थियो । उनले विषे सेवन गरेको आशंका गरिएको छ । उनको कोठाबाट सुसाइट नोट समेत भेटिएको जानकारी दिएको प्रहरीले सुसाइट नोटको आधिकारिक जाँच भइरहेको जनाएको छ ।

धादिङ धुनीबेसी ९ घर भएका थापाले कलंकीस्थित साथीको कोठमा सोमबार विष सेवन गरेको प्रहरीको भनाई छ ।

उनको साथमा भेटिएको पत्रमा सहकारीको रकम लेनदेनको विषयमा आफुलाई जोडिएकाले आत्महत्या गरेको उल्लेख छ । सुमेरु सहकारीमा थापाको पनि नाम जोडिएको प्रहरीको भनाई छ । यस विषयमा पनि अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

थापाको शव टिचिङ अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ