सोमबार, ०८ पुस २०८१

सहकारी ठगीमा संलग्न धनराजमाथी प्रहरीको अनुसन्धान सुरु



काठमाडौं, २८ भदौं । सहकारी ठगीको अभियोग लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त सहकारीका सञ्चालक बोधविक्रम थापाले दिएको जाहेरी दर्ता गरेपछि ठगीमा जोडिएका गुरुङ, उनकी पूर्वपत्नी ज्योति गुरुङ र सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको छ ।

राजनितीक शक्तिको आडमा प्रारम्भमा धनराज बिरुद्ध उजुरी दर्ता गर्नै नमानेको प्रहरीले जनदवाव बढेपछि उजुरी दर्ता गरेको थियो ।

सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङसँग धनराजले २०७६ मै सम्बन्धविच्छेद गरेको भने पनि गत बैशाख र जेठका विभिन्न मितिमा धनराजले श्रीमतीको नाममा लिएको ऋण मितेरी बचत तथा ऋण सहकारी संस्थामा तिरेको पुष्टि भएपछि उनीहरुको सम्बन्ध विच्छेद नै शंकास्पद मानिएको छ ।

मितेरी वचतका अध्यक्ष कुम्भराज गुरुङले गत वैशाख र जेठको विभिन्न मितिमा धनराजले ९१ लख २५ हजार ४६४ सय रुपैयाँ तिरेको जानकारी गराएपछि धनराज दम्पत्तिको सम्बन्ध बिच्छेद नक्कली भएको भन्नेहरु धेरै छन् ।

सीआईबी प्रवक्ता एसपी हरेन्द्र बोगटीले जाहेरीमाथि प्रारम्भिक अध्ययन गर्दा सहकारीको रकम अपचलन भएको र यसमा सहकारीका सञ्चालक र कर्मचारीहरू संलग्न रहेका देखिएको बताए ।

गत भदौ ६ मा मितेरी सहकारीका सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङले सहकारी ठगी प्रकरणमा कांग्रेस नेता गुरुङकी पत्नी ज्योतिसहितका व्यक्ति पनि संलग्न रहेको र यो विषयको जानकार नेता गुरुङ पनि भएको भन्दै सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिमा बयान दिएपछि ठगीको घटना सार्वजनिक भएको थियो  । 

मितेरी सहकारी ब्रिटिस र भारतीय सेनाबाट अवकाश पाएका व्यक्तिको पहलमा खोलिएको हो । उक्त सहकारीमा धनराजकी श्रीमती ज्योति २०५७ जेठ १२ मा सहायक स्तरको कर्मचारीबाट प्रवेश गरेकी थिइन् । त्यसपछि लेखापाल हुँदै महाप्रबन्धक बनेकी थिइन् । धनराज दम्पतिले संस्थाको १५ करोड हिनामिना गरेको कुम्भराजको भनाई छ । धनराज तिनै व्यक्ति हुन्, जो सुशासनको पक्षमा चर्को स्वरमा वकालत गर्दै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने सहकारी ठगिमा संलग्न रहेको घटना बाहिरिएपछि रबिलाई कार्वाही गर्नुपर्छ भनेर चर्को स्वरमा बोल्दै आएका थिए ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ