मङ्गलबार, ०९ पुस २०८१

सहकारी संसदीय छानबिन समितिको प्रतिवेदन कस्तो आउला ?


काठमाडौं, २८ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिए । शुक्रबार गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि प्रतिवदनलाई अन्तिम रूप दिने तयारीमा समिति रहेको छ ।

शुक्रबारै गृहमन्त्री लेखक, गृह सचिव र प्रहरी प्रमुख सहितलाई समितिमा आमन्त्रित गरी छलफल गर्न लागिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । समितिले कांग्रेस उपसभापति धनराज गुरुङकको संलग्नता रहेको मितेरी सहकारीमा स्थलगत अनुसन्धान गरेको छ ।

छानबिन समितिको प्रतिवेदन कस्तो आउला भन्नेमा आम सर्वसाधारणको चासो छ । कतिपय सहकारी घोटालामा राजनीतिक दलसंग निकट भएका व्यक्तिहरुको समेत संलग्नता रहेकाले पनि प्रतिवेदनप्रति सर्वसाधारणको चासो बढेको हो ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ