बुधबार, १० पुस २०८१

सहकारी ठगीमा संलग्न अञ्जना श्रीमानलाई विदा थपकाे चिट्ठी थमाएर फरार


काठमाडाैं, ९ पुस ।  सहकारी ठगी प्रकरणमा फरार अञ्जना कोइरालाले बिदा थप गरिदिन माग गर्दै श्रीमान मार्फत आफुले पढाउदै आएकाे विद्यालमा चिट्ठी पठाएकी छिन् ।उनका श्रीमान ऋषिकेस पाेखरेल सार्वजनिक लेखा समितिका सभापति  समेत हुन् ।  आइतबार पाेखरेलले श्रीमतीको अनिश्चितकालीन बिदाका लागि  विद्यालयमा पत्र पठाएका हुन् ।

विराटनगरस्थित महेन्द्र रात्रि माविकी विद्यालयका प्रधानाध्यापक झकप्रसाद पराजुलीलाई पत्र पठाएर पोखरेलले श्रीमती अञ्जलाको बिदा थप्न माग गरेका हुन् । पराजुलीले पनि पत्र आइपुगेको पुष्टि गरे । अञ्जला उक्त विद्यालयकी स्थायी शिक्षक हुन् ।

 प्रअ पराजुलीका अनुसार काेइराला मंसिर २८ गते शुक्रबार हाजिर गरेपछि विद्यालय उपस्थित छैनन् । त्यसपछि सोमबारबाट लागु हुने गरी ५ दिनको बिदासम्बन्धी पत्र विद्यालयलाई लेखेर अञ्जला सम्पर्कमा नआएको प्रअ पराजुलीले बताए ।

अञ्जनाविरुद्ध गत मंसिर २७ गते बिहीबार मुद्दा दर्ता भएको थियो । उमा-गौरी सहकारी सहकारी संस्थामा भएको ठगीबारेमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी फरार छिन् । उमा गौरी सहकारीको २२ करोडभन्दा बढी रकम अनियमितता गरिएको भन्दै मोरङ जिल्ला अदालतमा कोइरालासहित २६ जनाविरुद्ध मुद्दा चलिरहेको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजालसले फरार सबैविरुद्ध ३५ दिने अदालती पुर्जी जारी गरिसकेका छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ