सोमबार, ०८ पुस २०८१

सहकारी ठगीमा जोडिएका धनराज गुरुङमाथि छानबिन गर्न कांग्रेस तयार


काठमाडौं, २६ भदौ ।  नेपाली कांग्रेसले सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न तयार भएको बताएको छ । बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले गुरुङ स्वयंले केही गल्ती भए छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएको जानकारी दिए । 

त्यसो त उपसभापति गुरुङले संसद बैठकमै आफु माथी छानबिन गर्न आग्रह गरेका थिए । 

सुशासनका विषयमा चर्को स्वरमा बोल्दै आएका गुरुङ माथी मितेरी वचत तथा ऋण सहकारी संस्थाको १५ करोड रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारी बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिमा कुम्भराज गुरुङले धनराजले १५ करोड अपचलन गरेको बयान दिएपछि उपसभापति गुरुङले रकम अपचलन गरेको सार्वजनिक भएको हो ।

ललितपुरस्थित मितेरी सहकारीकी तत्कालिन महाप्रवधन्क ज्योती गुरुङ (धनराजकी पूर्व श्रीमती)ले करिब १५ करोड अपचलन गरेको भन्दै कुम्भराजले बयान दिएका छन् । कुम्भराजको बयान सार्वजनिक भए लगत्तै धनराजले श्रीमतीसंग सम्बन्ध विच्छेद भएको भन्दै पूर्व श्रीमतीले गरेको कारोबारमा आफ्नो नाम नजोड्न आग्रह गरेका छन् । तर, कुम्भराजको भनाई अनुसार कानुनी रुपमा सम्बन्ध विच्छेद गरेपनि रकम अपचलनको सन्दर्भमा धनराज र ज्योतिको मिलेमतो छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ