सोमबार, ०८ पुस २०८१

उपसभामुखले राष्ट्रको झिर झुकाएको निष्कर्ष निकाल्दै राजीनामा माग्ने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले  सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुने सुझाब दिए । उपसभामुखको कार्यले राष्ट्रको शिर झुकेको कांग्रेसको बुझाई छ ।

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा परेकी छिन् ।

मंगलबार बसेको संसद बैठकमा प्रतिपक्ष र सत्ता पक्ष दलका सांसदहरु उपसभामुखको पक्ष–विपक्षमा उभिएका थिए ।






टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ