- असार ०७, २०८०
काठमाडौँ, ३० असोज । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । उनको साथबाट बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडाँैका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
यही असोज २६ गते साँझ निरजले चलाएको कारले काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँमा सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई ठक्कर दिएर घाइते बनाएको थियो । घाइतेलाई काठमाडौँ मेडिकल कलेज पु¥याईपछि निरज फरार भएको प्रहरीले जनाएको छ ।
उपचारका क्रममा विनय रामको असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू: