सोमबार, ०८ पुस २०८१

सिआइबीकाे बयानका के भने धनराज गुरुङले ?


काठमाडौं, २८ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ ।

बुधबार केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले गुरुङसँग बयान लिएको हो । झन्डै ४ घण्टासम्म गुरुङसँग बयानले आवश्यक सोधपुछ गरेको थियो ।

मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएकाले उनी पनि विवादमा आएका थिए ।

ज्योती उक्त सहकारीको सन्चालक थिइन् । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा रिण तिरिरहेको पाइएपछि धनराजको भूमिकालाई शंकास्पद मानिएको थियो ।

उनीहरुकाे सम्बन्ध बिच्छेद पनि नक्कली भएकाे टिका टिप्पणी भइरहेकाे छ । बयानका क्रममा धनराजले आफ्नाे डिभाेर्स सक्कली भएकाे भन्दै सहकारी रकम अपचलनमा आफ्नाे भुमिका नभएकाे जिकिर गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ