- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुनुलाई परम्पराको क्रमभङ्गताकाे रुपमा ब्याख्या गरेका छन्। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको उपस्थिती खोजिरहेको बेलामा सांसद आचार्यले यस्तो जवाफ दिएका हुन्।
‘व्यक्तिका रूपमा हाम्रा आफ्नै मूल्य मान्यताहरू हुन सक्छन्। अझ उमेर समूहमा यति धेरै विविधता पाएको यो संसद्का हरेक सार्वभौम सांसदको सोचाइमा भिन्नता हुनसक्छ। प्रधानमन्त्रीले संसद्मा लगाउनुभएका जुत्ता कसैलाई कुल लाग्न सक्छ भने कसैलाई संसदीय मूल्य मान्यताप्रतिको ठाडो प्रहार। कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्छ र यो संसद्को परम्परा हो भन्ने लाग्नसक्छ भने कसैलाई नआउनु परम्पराको क्रमभङ्गता। त्यसैले त स्थापित विधि र प्रक्रिया सधैँ माथि हुन्छन्।’ उनले भने ।
साथै उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावलीले दिएको अधिकार प्रयोग गरेको बताए।
त्याे त निर्वाचन परिणाम सार्वजनिक गरे लगत्तै रास्वपाले आफ्ना निर्वाचित सांसदका लागि आयाेजना गरेकाे कार्यक्रममा पनि शाह सहभागि भएका थिएनन् ।
टिप्पणीहरू: