शनिबार, ३० फागुन २०८२

समानुपातिक उम्मेदवार सिफारिस गर्न आज रास्वपाको सचिवालय बैठक बस्दै


फाइल तस्विर

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए। “बैठकको समय र स्थान तय भएको छैन”, उनले भने । 

समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ