शनिबार, ३० फागुन २०८२

शंकर पाेखरेलले भने-याेगेशजीलाई बाेलाएँ तर, आउनु भएन


काठमाडाैं । एमाले महासचिव शंकर पाेखरेल र उपमहसचिव याेगेश भट्टराईकाे सामाजिक सञ्जालमा जुहारी सुरु भएकाे छ ।

एक टेलिभिजन अन्तरवार्तामा भट्टराईले महासचिव पाेखरेलले आफुलाई जिम्मेवारी नदिएकाे बताएका थिए । पाेखरेलले समाजिक सञ्जाल मार्फत जवाफ दिँदै भनेका छन् ' अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ।'

साथै महासचिव पाेखरेलले वक्ताकाे रुपमा दाङ बाेलाएकाे तर, उक्त कुरा भट्टराईले उल्लेख नगरेकाे बताएका छन् ।

निर्वाचनमा पराजित भएपछि अहिले एमालेमा नेतृत्व परिवर्तनकाे बहस सुरु भएकाे छ । ओली पक्षिय नेताहरु नेतृत्व परिवर्तनकाे पक्षमा छैनन् ।

यस्ताे छ महासचिव पाेखरेलकाे भनाई 

अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु।

(सायद योगेशजीको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्दछ । भ्रम नपरोस भनेर मात्र स्पष्ट गर्नु परेको हो ।)

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ