- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनका अनुसार बैठक दिउँसो १२:१५ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।
बैठक संसदीय समितिहरूको सभापति निर्वाचन र समसामयिक विषयमा केन्द्रित हुने जनाइएको छ ।
भोलि संसदीय समितिका सभापतिमा मनोनयन दर्ता गर्ने कार्यसूची रहेकाे छ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् भने प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।
टिप्पणीहरू: