- असार ०६, २०८०
काठमाडाैँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकारले संसद्लाई हेपेको आरोप लगाएकाे छ।
शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले यस्ताे आरोप लगाएका हुन्।
उनले बारम्बार सदनबाट कार्यसूची आउने र फेरि हटाउने गरिएकाे भन्दै आपत्ति जनाए।
'सरकारले यो सदनलाई यत्ति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन। बारम्बार हामीलाई सदनबाट कार्यसूची आउँछ, ती कार्यसूचीहरू हटाइन्छ। कारण के भनेर हामी स सोध्छाैँ- मन्त्रीको उपस्थिति छैन,' उनले भने।
सांसद पाण्डेले बजेटमाथि मन्त्रालयगत छलफल हुँदासमेत सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै याे नियमावलीको ठाडो उल्लंघन भएकाे बताए।
उनले भने, 'सदनमा आन्दोलन भएको यत्रो समय भयो। त्यसको जवाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यु यहाँ उपस्थित हुनुभयो। आज दिएको कार्यसूचीमा पनि मन्त्रीहरु सबै उपस्थित हुनुहुन्न। यो विषयवस्तु संसद्ले नै हेर्नुपर्ने विषयवस्तु हो। मन्त्रीहरुको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन। यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो। नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने? कहाँसम्मको अन्याय हो यो?’
टिप्पणीहरू: