मङ्गलबार, ०६ साउन २०८२

मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपा र माओवादीको माग


फाइल फाेटाे

काठमाडाैं ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’को छानबिन गर्न सा‌ंसदहरुले माग गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले त्यसबारे छानबिन गर्न माग गरिन्। ‘कास्कीको मालपोत कार्यालयमा को पठाउनेभन्नेबारे सेटिङ, भूमि आयोगमा को पठाउने भन्ने सेटिङ,’ उनले भनिन्, ‘अहिले त बुझियो  होला नि भूमि विधेयक पास गर्नुको कारण। एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ, यसको छानबिनको हामी माग गर्छौं।’

उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने माग कायमै रहेको भन्दै आन्दोलन जारी रहेको बताइन्।

माओवादी सांसद रेखा शर्माले पनि मन्त्रीकाे घुस डिलकाे छानबिन गर्न माग गरिन् ।

घटना के हाे ?

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएकाे थियाे ।मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ ।

त्यस्तै, मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुस डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ