शनिबार, १७ असोज २०८३

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डाकोे भविष्य अनिश्चित


प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती एघार खेलाडीको सूचीमा नराख्ने घोषणा गरेपछि बढेको विवादबीच उनको राष्ट्रिय टोलीमा भविष्य अनिश्चित भएको छ । पोर्चुगलका ४१ वर्षीय सुपरस्टारले प्रशिक्षकको टोली छाडेर हिँडेका बताइएको छ । 

रोनाल्डोले बुधबार ढिलो गरी टोली छाडेको घोषणा गरेका थिए । त्यसअघि प्रेस सम्मेलनमा जेससले पाँच पटकको बलोन डी’ओर विजेता रोनाल्डोलाई लगातार दोस्रो खेलका लागि सुरुवाती ‘लाइनअप’ बाट बाहिर राख्ने पुष्टि गरेका थिए । 

पूर्व रियल म्याड्रिडका ‘फरवार्ड’ रोनाल्डोले युइएफए नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेलको अघिल्लो दिन पार्केन स्टेडियममा साथीहरूसँग प्रशिक्षण गर्नुपर्ने थियो तर जेससको खेल योजना घोषणापछि उन हिँडेका थिए । 

“राष्ट्रिय टोलीका प्रशिक्षकको प्रेस सम्मेलनपछि र पोर्चुगाली फुटबल संघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको भूमिका छाड्ने निर्णय गरेको छु,” रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्। 

रोनाल्डोले आइतबार नर्वेविरुद्धको २–१ को नेसन्स लिग जितमा पुरै समय बेन्चमा बिताएका थिए । त्यसअघि गत बिहीबार वेल्सविरुद्धको १–० को घरेलु जितमा उन कप्तान थिए ।

यी खेलहरू विश्वकप वा युरोपियन च्याम्पियनशिप जत्तिको महत्त्व नभएकाले राष्ट्रिय टोलीका कोचहरूले खेलाडीहरूलाई घुमाएर खेलाउनु सामान्य हो।

तर रोनाल्डोले जेससको निर्णयका कारणहरू गहिरो रहेको सङ्केत गरे । 

“उचित समयमा म पोर्चुगाली जनतालाई मैले सधैँ आफूलाई समर्पित गरेको मेरो राष्ट्रिय टोली छाड्नुका कारणहरूको सत्य बताउनेछु,” उनले भने । यसले उन अन्तर्राष्ट्रिय खेल मञ्चबाट स्थायी रूपमा बाहिरिने सङ्केत गरेको छ।

“कुनै अपवादबिना अहिले पोर्चुगल र मेरा सबै साथी खेलाडीहरूलाई भविष्यका लागि शुभकामना दिने समय हो,” उनले भने ।

स्पेनी खेलकुद दैनिक मार्काले जेसस र पोर्चुगाली संघका अध्यक्ष पेड्रो प्रोएन्काले रोनाल्डोलाई टोलीमा रोक्न कोपनहेगन विमानस्थलसम्म पछ्याएको बताएको छ तर उन आफ्नो निजी जेटमा चढेका थिए । 

जुलाईमा नियुक्त भएका ७२ बर्षीय जेससले बुधबार सुरुमै आफू र रोनाल्डोबीच कुनै मतभेद नभएको जोड दिँदै नर्वेविरुद्ध बेन्चमा बस्दा कप्तान निराश भएको स्वीकार गर्नुभयो । 

समाचारले सामाजिक सञ्जालमा आक्रोसको लहर र रोनाल्डोकी बहिनी एल्मा अवेइरोबाट क्रोधित प्रतिक्रिया जन्मायो।

‘उनीहरूले कुनै पनि कुराको उत्कृष्टता पाउन लायक छैनन्,” उनले इन्स्टाग्राममा पोर्चुगाली जनतालाई सङ्केत गर्दै भने । 

‘हामी ईष्र्यालु, घृणायुक्त र अज्ञानी छौँ र सीआर–७ अघिको फुटबल युगको मध्यमत्वमा फर्कन लायक छौँ।’

ओस्लोको खेल नोभेम्बर २०२४ पछिको पहिलो अवसर थियो जब रोनाल्डो घाइते वा निलम्बित नभई पनि पोर्चुगलका लागि खेलेनन् । 

“कुनै घटना नै भएन,” जेससले त्यो खेलपछि पत्रकारहरूलाई भने । उनले रोनाल्डोलाई साउदी क्लब अल–नस्रमा एक वर्ष कोच गरेको पछि पोर्चुगलको जिम्मेवारी लिएका थिए । 

“म आफैं पनि खेलाडी थिएँ । मलाई थाहा छ कुनै पनि खेलाडी जब २० वा ३० मिनेट वार्मअप गर्छ र त्यसपछि मैदानमा आउन्न त्यसमा कोही खुसी हुँदैन,” जेससले बुधबार भने । 

पोर्चुगाली प्रशिक्षकले खेलअघि रोनाल्डोलाई सुरुवाती एघार पहिलो चरणको खेलाडीको सूचीमा नराखिएको सायद पछि झारिने बताएको पनि बताए । 

जेससले भन्नुभयो, “प्रशिक्षकको हैसियतमा मैले पछि उनलाई नखेलाउने निर्णय गरेँ। यो हल्ला मच्चाउने कुरा होइन।” 

रोनाल्डोको प्रस्थानपछि पोर्चुगाली फुटबल संघले भनेको छ, “डेनमार्क र नर्वेविरुद्धका दुई खेलको तयारी बाँकी २४ खेलाडीसहित योजनाअनुसार जारी छ।”

“पूरै प्रतिनिधिमण्डल राष्ट्रिय टोलीका आगामी खेलहरू र निर्धारित उद्देश्य हासिल गर्न पूर्ण रूपमा केन्द्रित छ,” संघले भनेको छ ।

जेससले पहिले नै डेनमार्कविरुद्ध एसी मिलानका स्ट्राइकर गोन्कालो रामोसलाई फेरी सुरुवात गराउने बताउनुभएको थियो । उनले नर्वेमा विजयी गोलका लागि योगदान गरेका थिए । 

“यदि सबै योजनाअनुसार भयो भने गोन्कालो नै खेल्नेछन्,” उनले भन्नुभयो । उनले रोनाल्डोबारे थप्नुभयो, “यदि मलाई उनको आवश्यकता भयो भने उन आउन सम्भव छ । आवश्यकता महशुस नभए बोलाइनेछैन ।”

रोनाल्डोले हालै यो सिजन ‘सम्भवतः आफ्नो फुटबलको अन्तिम वर्ष’ हुने घोषणा गरिसक्नुभएको थियो । 

उन पोर्चुगलका सर्वाधिक गोलकर्ता र सर्वाधिक प्रसिद्ध खेलाडी मानिनुहुन्छ । उनले पोचुगलका लागि खेलेका २३४ खेलमा १४६ गोल गर्नुभएको छ। 

पूर्व स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल र युभेन्टस स्ट्राइकरले २००३ मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । 

त्यसको अर्को वर्ष उन युरो २००४ को फाइनलमा घरेलु टोलीका रूपमा ग्रीससँग पराजित पोर्चुगल टोलीमा खेल्नुभएको थियो भने पछि उनको कप्तानीमा सन् २००६ को विश्वकप सेमिफाइनलसम्म पुगेको थियो । उनले सन् २०१६ को युरोमा देशलाई विजय दिलाउनुभएको थियो । रोनाल्डो र पोर्चुगल यस वर्षको विश्वकपमा अन्तिम १६ मा स्पेनसँगको खेलबाट बाहिरिएका थिए।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ