मङ्गलबार, ०१ मंसिर २०८३

धनगढीबाट काठमाडौँ जाँदै गरेकाे बस नवलपुरमा दुर्घटना, २५ जना घाइते


नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस आज बिहान जिल्लाको कावासोती–११ लोकाहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

ल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान करिब ६ः४० बजेको समयमा बस दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरुका मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको पण्डितले जानकारी दिए । बस दुर्घटनास्थलमा नै रहेको भन्दै उनले घाइतेहरुको विवरण आउन बाँकी रहेको बताए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ