बिहिबार, ०२ असोज २०८२

रेश्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या


विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएकाे छ ।

म‌ंगलबार  मार्से सामुदायिक वन उपभोक्ता समितिको जंगलमा उनकाे शव भेटिएकाे थियाे । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनी अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

कार्यलयबाट घर फर्कने क्रममा ५–६ जनाको समूहले उनको बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएकाे हाे ।

सोमबारसाँझ कार्यालयबाट बाहिर निस्केकी परियार रातिदेखि सम्पर्कविहिन भएकी थिइन् । राती खोजी गर्ने क्रममा मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी थिइन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ