- असार ०६, २०८०
काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ सांसदमाथि अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ।
बुधबार आयोगले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गरेको हो। जसमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डा. तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र कृष्ण कार्की छन्।
जेनजी आन्दोलनमा उनीहरूको भूमिका रहेको भन्दै आयोगले अनुसन्धान प्रतिवेदनको १० नम्बर बुँदामा उनीहरूको भूमिका देखिएको उल्लेख गरेको छ।
‘यी व्यक्तिहरूले र प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको, भन्ने समाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरू प्रदर्शनमा सहभागि हुन सक्ने भनि संकलन गरेको प्रतिवेदनसमेतका आधारमा उल्लेख हुन आएको देखिँदा भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे, नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएकोसम्बनधनमा सुक्ष्म अनुसन्धान गरी सम्बिन्धत व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लेखित व्यक्तिहहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चिता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न,’ आयोगको प्रतिवेदनमा उल्लेख छ।
टिप्पणीहरू: