बिहिबार, २८ चैत २०८१

रवि लामिछाने कारागार चलान


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई साेमबार जिल्ला अदालत रुपन्देहीमा पेस गरेर जिल्ला कारागार भैरहवा चलान गरिएको हाे ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे थियाे ।

अदालत आदेशसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले लामिछानेलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको थियाे ।

उनलाई शनिबार बिहान भैरहवा पुर्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखेर साेमबार मात्रै अदालतमा पेस गरिएकाे थियाे ।लामिछानेलाई अदालतमा पेस गरेर कारगार पठाइएकाे हाे । अब अदालतको फैसला नआउन्जेल उनी भैरहवा कारगारमाै रहने छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ