- असार ०७, २०८०
पाेखरा, २७ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिँदै छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई रुपन्देही लैजान लागिएको हो ।
उनी अहिले पोखरा विमानस्थलमा छन् । सूर्यदर्शन सहकारीमा पक्राउ परेका रवि लामिछाने २५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
बुद्ध एयरको जहाजमार्फत ७ बजे भैरहवा प्रस्थान गर्ने भनिएपनि भैरहवाको मौसमका कारण ढिलाइ भएको छ । अहिले रवि पाेखरामा भैरहवाकाे विमान कुरेर बसिरहेका छन् ।
टिप्पणीहरू: