- असार ०७, २०८०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे मुद्दा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा परेकाे छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी मुद्दाकाे बयानका लागि न्यायाधीश ढकालको इजलासमा पेशी ताेकिएकाे हाे। अदालतमा बयान सकिएसँगै थुनछेक बहस सुरु हुनेछ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरूद्ध मंगलबार चितवन अदालतमा मुद्दा दर्ता भएको थियाे। त्यसकै बयान दिन उनी आज अदालतमा हाजिर भएका हुन्।
लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएकाे छ।
साहारा सहकारीबाट कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जीवि ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि्मा रकम गएका देखिएकाे उल्लेख छ।
साहारा चितवन सहकारीको ठगी भएको भनिएको रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रुपैयमाँ रहेको छ।
हाल जोहरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। रू ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ।
टिप्पणीहरू: