- असार ०६, २०८०
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।
उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । उनकाे आत्मदाह प्रयासको कारण भने खुलेको छैन ।
टिप्पणीहरू: