शनिबार, २७ असार २०८३

बुद्धनगरमा पुरुषले गरे आत्मदाह प्रयास, उपचार जारी


काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाह प्रयास गर्ने व्यक्ति ४५ वर्षीय अश्विन राउत रहेकाे प्रहरीले जनाएकाे छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए । 

उनको शरीरको ५५ प्रतिशत जलेको अस्पतालले जानकारी प्रहरीले जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ