मङ्गलबार, ०३ असार २०८२

निलो रिबन लगाएर संसद् पुगे रास्वपाका सांसदहरू


काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु निलो रिबन लगाएर संसद् भवन पुगेका छन्।

भिजिट भिसा प्रकरणकाे विषयलाई लिएर प्रतिनिधिसभाकाे बैठक अवराेध गर्दै आएका रास्वपाका सांसदहरू मंगलबार विराेध स्वरूप निलो रिबन लगाएर संसद् भवन पुगेका हुन्।

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा 'निलो रिबन'को प्रतीकले जनाउने रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले बताए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउन माग गर्दै रास्वपाले जेठ १३ गतेबाट संसद् अवरोध गर्दै आएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ