बुधबार, ०४ असार २०८२

रास्वपाले संसद अवराेध जारी राखेपछि गृहमन्त्री- सभामुख भेटघाट


काठमाडौं । भिजिट भिसा प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले लगातार सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सदन बस्नुअघि सभामुख र गृहमन्त्रीबीच भेटघाट भएको हो ।

रास्वपाले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

भेटमा माओवादीसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल चलिरहेको छ ।

१ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ