शनिबार, १२ वैशाख २०८३

पश्चिम नवलपरासी–१ मा विनाेद चाैधरीलाई हराउदै रास्वपाका खनाल विजयी


नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)  १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उनले ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले नेपाली कांगे्रसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरेका हुन् ।

यस क्षेत्रमा कांगे्रसका चौधरीले नौ हजार ५०२ मत प्राप्त गरे। नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले सात हजार ८३२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ