शनिबार, १२ वैशाख २०८३

श्रम संस्कृति पार्टीले खाता खाेल्याे, खाेटाङमा आरेन राई विजयी


काठमाडौं । श्रम संस्कृति पार्टीले खाता खोलेको छ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन् । 

१६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।

नेपाली कांग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ