- असार ०७, २०८०
काठमाडाैँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिन ब्राको शिष्टाचार भेट भएकाे छ।
मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच शिष्टाचार भेट भएकाे हाे।
राजकुमार ड्युक र उनकी श्रीमती डचेस सोफी आज नेपाल भ्रमणका क्रममा काठमाडाैँ आइपुगेका हुन्।
भ्रमणका क्रममा उहाँहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
टिप्पणीहरू: