- भदौ ०२, २०८१
कर्नाटक । १५ वर्षीय किशोरीलाई छ महिनासम्म बलात्कार गर्ने पक्राउ परेका छन् । भारतको कर्नाटकमा दुई नावालकसहित पाँच जनाले एक किशोरीलाई पटक पटक बलात्कार गरेको घटना सार्वजनिक भएपनि पाँचजना पक्राउ परेका छन् ।
टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार बेलगावी शहरका प्रहरी आयुक्त भुषण गुलाबरावले घटनामा संलग्न पक्राउ परेको जानकारी दिए ।
पीडित बेलगावीकी हुन् । घटना विवरण अनुसार छ महिनाअघि आरोपी मध्ये एक जनाले किशोरीलाई बजार भन्दा केही पर लगेर बलात्कार गरे र बलात्कार गरेको भिडियो अरुलाई खिच्न लगाए । त्यसपछि भिडियो सार्वजनिक गरिदिन्छु भनेर धम्कि दिँदै तिनै व्यक्तिहरुले पटक पटक बलात्कार गरे । किशोरी प्रहरीको सम्पर्कमा पुगेपछि घटना सार्वजनिक भएको थियो ।
टिप्पणीहरू: