- असार ०७, २०८०
कठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली तत्काललाई स्थगन गर्न संघ सरकारले आग्रह गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशसँग साे आग्रह गर्ने आश्वासन दिएपछि सार्वजनिक यातायात व्यवसायीले बन्दको कार्यक्रम फिर्ता लिने भएका छन् ।
सोमबार गृह मन्त्रालयमा भएको छलफलमा संघ सरकारले प्रदेश सरकारलाई राइड सेयरिङको व्यवस्था तत्काल लागू आग्रह गर्ने सहमति भएको छ ।
गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत विभिन्न मन्त्रालयका प्रतिनिधिहरुसहित मन्त्रालयमा बसेको बैठकले सहमतिको बुँदा तयार गर्न समिति गठन गरेको छ ।
यातायात व्यवसायीको सबैभन्दा इस्यु गण्डकी प्रदेश सरकारले बनाएको राइड सेयरिङसम्बन्धी नियमावलीलाई बनाएका छन् । उनीहरुले संघीय ऐनविपरीत भएकाले प्रदेशले नियमावली खारेज गर्नुपर्ने माग राखेका छन् । संघ सरकार व्यवसायीकै मागमा सहमत भएपछि व्यवसायीहरु उत्साही भएका छन् ।
नेपालकाे सार्वजनिक यातायात अव्यवस्थित भए पनि सरकारले व्यवस्थित बनाउने पहल गरेकाे छैन । व्यवसायीले गर्ने हरेक आन्दाेलनमा सरकार झुक्ने गरेपछि व्यवसायी थप उत्साहित हुने गरेका छन् ।
टिप्पणीहरू: