- असार ०६, २०८०
रामेछाप। रामेछापकाे सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १२ पुगेको छ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार मन्थली–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।
साे दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले जनाएकाे छ। दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका छन्।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए। बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू: